देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक विकासमा अगाडि बढ्छ– मन्त्री बस्नेत

देशान्तर

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । सिन्धुपाल्चोक–काठमाण्डौ सम्पर्क समितिले मन्त्री बस्नेत र सिन्धुपाल्चोक जिल्लाबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।

मन्त्री बस्नेतले तेस्रो चरण अन्तर्गत हुने स्थानीय तहको निर्वाचन तथा त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्दै यसका लागि कांग्रेसका हरेक नेता तथा कार्यकर्ता एकतावद्ध भएर ईमान्दारीपूर्वक लाग्नुपर्ने बताए ।