काठमाडौं । पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
राप्रपा विभाजनमा कांग्रेसले परोक्ष भूमिका खेलेको थापाको आरोप छ ।
पार्टी बिभाजन भएपछि रन्थनिका थापाले शेरबहादुर देउवा नेतृत्वको सरकार मधेस समस्या समाधान गर्न उदासिन भएको बताए । उनले राष्ट्रिय एकता दिवस मनाउन गरेको आग्रहलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएको आरोप पनि लगाए ।
कांग्रेसले नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने षड्यन्त्र अनुसार आफ्नो पार्टी फुटाएको थापाको दाबी छ । आफुले अघि सारेको राष्ट्रवादी एवं हिन्दुराष्ट्र पक्षधर शक्ति बलियो अभियनमा भकांग्रेसले भाँजो हालेको थापाको तर्क छ ।
थापाले राष्ट्रिय, अन्तराष्ट्रिय गिरोह, शक्ति केन्द्रहरुले धेरै अघिदेखि योजनावद्ध ढंगबाट राप्रपा र यसको नेतृत्वविरुद्ध प्रहार गरेको र पार्टी विभाजन पनि त्यही श्रृखलाको पछिल्लो कडी भएको बताए ।
प्रतिक्रिया