काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरु गरेको मतदाता नामावली संकलन अभियानमा र्वसाधरणको घुँइचो बढेको छ । आयोगले सबै ७५ जिल्ला निर्वाचन कार्यालय र ७४४ स्थानीय तहदेखि मतदाता नामावली संकलन कार्य सुरु गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयमा साउन १ देखि र स्थानीय तहबाट साउन १६ देखि नामावली संकलन सुरु गरिसकेपछि नामावली संकलन गर्नेको भीड लागेको हो । विशेषगरी काठमाडौको जिल्ला निर्वाचन कार्यालयमा काठमाडौँ बाहिरका र काठमाडौँका सर्वसाधरण एकै ठाउँमा हुँदा बढी भीड भएको हो ।
मतदाता नामावली सँकलनका लागि छोटो समय भएकाले सबै ठाउँमा नै फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक गर्नेको बाक्लो उपस्थिति रहेको निर्वाचन आयोगले जनाएको छ । अद्यावधिकमा नाम सार्ने, त्रुटी सच्याउने, नाम हटाउने र दाबी बिरोध गर्ने काम पर्दछन् । १६ वर्ष पुगेका र नागरिकता भएका सबै नेपाली नागरिकले मतदाता नामावली संकलनमा भाग लिन पाउने व्यवस्था छ ।
काठमाडौं जिल्लामा मात्रै काठमाडौं महानगरपालिकासहित ११ र जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलनको काम भइरहेको छ । तर, पनि बाहिर जिल्लाको जिल्ला निर्वाचन कार्यालयबाट मात्रै सँकलन हुने भएकाले बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालय बाहिर घुँइचो लागेको हो ।
काठमाडौं जिल्ला निर्वाचन कार्यालयले समन्वयको कार्यालय बाहिर सँकलन गरिरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख चन्द्रप्रसाद गौतमले जानकारी दिए । उनले १६ गतेदेखि काठमाडौं महानगरको राष्ट्रिय सभागृह र अन्य दश नगरपालिकाको कार्यालयबाट नामावली संकलन सुरु गरिएको पनि बताए ।
प्रमुख गौतमले काठमाडौंमा १२ ठाउँबाट नामावली संकलन गरिरहेका जानकारी दिए । अहिलेसम्म समन्वयको कार्यालयबाट १६ हजारभन्दा बढी र अन्य तहबाट करिब दुईहजार नामावली संकलनमा सहभागी भएको उनले बताए ।
प्रतिक्रिया