देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अख्तियार प्रमुख बस्न्यातसँग सुशासन समितिको प्रश्नः भ्रष्टाचार नियन्त्रण गर्ने की बढाउने ?

देशान्तर

काठमाण्डौ । संसदको सुशानस समितिले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातसंग पछिल्लो समयमा बढ्दै गएको भ्रष्टाचारका बिषयमा समितिमै बोलाएर छलफल गरेको छ ।
अख्तियार प्रमुखसँग समितिका सदस्यहरुले संबैधानीक निकाय देखि ठूलानेतहरुलाई भ्रष्ट्रचारको चौतर्फी आरोप लागिरहँदा पनि छानविन नहुनको कारण सोधेका छन ।

समितिका सदस्यहरुको प्रश्नको जवाफमा प्रमुख आयुक्त बस्नेतले विगत एक वर्षमा आयोगमा परेका २४ हजार देखि ५ लाख सम्मका उजुरी र कारवाही प्रस्तुत गर्दै पछिल्लो समयमा करफस्र्यौट आयोगको ठूलै मुद्धा हात पारेको जवाफ दिए ।

 

बस्न्यातको उत्तरले असन्तुष्ट बनेका समिति सदस्यहरुले २४ हजार उजुरी लिएर १४४ वटा मात्रै मुद्दा दर्ता भएको प्रति उनको आलोचना गरे । केही सदस्यहरुले संबैधानिक निकाय र राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारमा मौन बसेको भन्दै ठूला माछालाई छोड्ने र साना माछा मात्रै समाउनुको कारण समेत माग गरेका छन ।
माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संबैधानिक निकाय र राजनीतिक दलका नेतामाथि उठिरहेको प्रश्नमा अख्तियार मौन बस्नुले अख्तियार माथि नै आशंका जन्मिएको बताए । सदस्यहरुले हावा नचली पात नहल्लिने भन्दै अख्तियारले सबै क्षेत्रका ठूला माछाको संरक्षण गरिहेको टिप्पणी गरे ।
तर, प्रमुख आयुक्त बस्नेतले भने अयोगको प्रतिरक्षा गरेका छन । उनले एक रुपैयाँ भ्रष्टाचार गर्ने पनि अपराधी हो, १ अर्ब भ्रष्टाचार गर्ने पनि अपराधी नै हो भन्दै कानुन विपरित काम गर्नेलाई कारवाही गर्ने मौखिक प्रतिबद्धता जनाए ।
प्रमुख आयुक्त बस्नेतले नयाँ संविधानले अख्तिायरको अधिकार कटौती गरेको गुनासो गर्दै त्यसका कारण काम गर्न समस्या भएको बताए । उनले अख्तियार छल्न मन्त्रिपरिषदमा लगेर निर्णय गर्ने परिपाटी मौलाएको भन्दै सांसदहरुको ध्यानाकर्षण गराए ।
‘संविधानले आयोगले हेर्ने अनुचित कार्यलाई हटाइदिएको छ । यसले अख्तियारको कार्यक्षेत्र नै खुम्चिएको बताए । उनले सबै संबैधानिक निकाय देखि निजी क्षेत्र र एनजीओ आईएनजीओ भित्र अख्तियारको पहँच नभएको बताए ।