देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पास गराउने गरि संशोधन विधेयक अघि बढाउने प्रयासमा सरकार : महामन्त्री कोइराला

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका डा. शशांक कोइराला संविधान संशोधन विधेयक संसदमा अघि बढाउने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन्। बिहीबार नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुका लागि आफ्नै निवासमा आयोजित चियापान कार्यक्रममा महामन्त्री कोइरालाले विधेयक अघि बढाउने र पारित गर्न पहल गर्ने बताए। ‘हामीले विधेयक पास गराउने प्रयास गर्छौं। फेल भयो भने पनि मधेसी मोर्चा चाहिँ चुनावमा आउनुपर्छ भनेर भनेका छौं’ उनले भने ‘राजपाका नेताहरुले विधेयक पारित नभए निर्वाचनमा भाग लिन सकिदैन भनेर भनेका छन्।’

महामन्त्री कोइरालाले मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसमा भागवण्डा नगरिएको जिकिर गरे। पार्टीभित्र सहमतिकै आधारमा मन्त्री चयन गरिएको दावी उनले गरे। ‘मन्त्री चयन गर्दा भागवण्डा गरेको छैन। सहमतिकै आधारमा चयन गरेका हौं’ महामन्त्री कोइरालाले दावी गरे ‘स्थानीय निर्वाचनमा उम्मेदवार चयन गर्दा पनि भागवण्डा गरेको होइन आपसी सहमतिको आधारमा गरेका हौं।’ कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको बुधबारदेखि काठमाडौंमा केन्द्रीय समितिको बैठक सुरु भएको छ। यही अवसर पारेर महामन्त्री कोइरालाले प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई चियापानका लागि निवासमा बोलाएका हुन्।

चियापानमा मन्त्री सञ्जय गौतम, पूर्व सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, पूर्व मन्त्री दीपक गिरी, केन्द्रीय सदस्यहरु कल्याण गुरुङ, सरिता प्रसाई, बद्री पाण्डे लगायत सहभागी छन्। पत्रकार महासंघको नेतृत्व युनियनले लिनुपर्छ स् शशांक कांग्रेस महामन्त्री कोइरालाले प्रेस युनियनका पत्रकारहरुलाई संबोधन गर्दै नेपाल पत्रकार महासंघको भदौ ४ र ५ गते काठमाडौंमा हुने महाधिवेशनमा नेतृत्व हात पार्ने पहल गर्न आग्रह गरेका छन्। ‘पत्रकार महासंघको चुनावमा प्रेस युनिनयले नेतृत्व लिनुपर्छ। त्यसका लागि सहमतिका साथ अघि बढ्नुपर्छ’ उनले भने। प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियनबाट महासंघको अध्यक्षमा नै ८ जनाको आकांक्षी रहेको भन्दै यसले समस्या सिर्जना गरेको बताए। उनले ८ जना नेतामध्ये अध्यक्षको उम्मेदवार जो भए पनि अरुले सहयोग गर्नुपर्ने बताए।