काठमाण्डौ । थपिने मन्त्रीका बिषयमा प्रधानमन्त्री शेरबाहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच फेरी छलफल हुदैछ । मन्त्रीहरुको केहि नाम र मन्त्रालय हेरफेर गनपर्र्नेु भएकाले छलफल हुन लागेको हो ।
नेपाली कांगे्रसका शिर्ष चार नेताहरुको मंगलवार राति अबेर सम्मको छलफल अनुसार कांग्रेसबाट मन्त्री बन्नेहरु मध्ये तीन मन्त्रालय मात्रै टुंगो लागेको छ ।
पार्टी सभापति शेरबाहादुर देउवा,बरिष्ठ नेता रामचन्द्र पौडेल,कृष्ण प्रसाद सिटौला र खुमबाहादुर खड्काबीच भएको छलफलमा देउवाले समिकरणका लागि परिवर्तन नगरे मात्रै चारनेताको सहमति कार्यन्वयन हुनेछ ।
माओबादी केन्द्र र अन्यदलहरुसंग भएको सहमति अनुसार उपप्रधान सहित परराष्ट्र र गृह मन्त्रालय माओबादीले पाएकाले अब उसले मन्त्रालयको दाबी गर्न नमिल्ने देउवाको अडान छ । तर, अघिल्लो सरकारको नेतृत्व गरेका माओबादी अध्यक्ष पुष्प कमल दाहालले आफुले गृह,पराराष्ट्र र भौतिक योजना मन्त्रालय दिएकाले भौतिक आफ्नो हुन पर्ने अडान राखि रहेको छ ।
पछिल्लो सहमतिमा परिवर्तन नभए भौतिक योजना मन्त्रालयमा राकुष्ण यादब र यज्ञबाहादुर थापा मध्ये एक जना जानेछन भने खानेपानी तथा सरसफाई मन्त्रालयमा राजन केसी र बिनबाहादुर बिश्वकर्मा संचार मन्त्रलयले जिम्मेवारी सम्हाल्ने छन ।
कांग्रेस,माओबादी र अन्यदलहरुसंगको सहमती अनुसार प्रधानमन्त्री देउवाले कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र नेपाल लोकतान्त्रिक फोरमबाट २ जना लाई मन्त्रीमा आज सपथ गराउदैछन ।
गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित कांग्रेस सभापति देउवाले कांग्रेस र माओवादी केन्द्रबाट समान ३ तथा लोकतान्त्रिक फोरमबाट एक जनालाई सहभागी गराउदै सपथ ग्रहण गरे लगत्तै जेठ २४ गते ८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।
मंगवार राति अबेरको सहमति अनुसार नेपाली कांग्रेसबाट सञ्जय गौतम, राजेन्द्रबहादुर केसी, रामकृष्ण यादव, यज्ञबहादुर थापा, मीन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी र अम्बिका बस्नेत मन्त्री बन्ने छन । सिटौला र खड्काको तर्फबाट भीमसेनदास प्रधान, मोहनबहादुर बस्नेत पनि मन्त्री बन्ने छन ।
माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलाई मन्त्रीपरिषदमा पठाउने माओबादीको तयारीछ । फोरम लोकतान्त्रिकले जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ । नेकपा संयुक्तबाट भने मिथिला चौधरीलाई मन्त्रीमण्डलमा पठाउने निर्णय यसअघि नै भईसकेको छ । मन्त्री पठाउने बिषमा मओबादी केन्द्रको बैठक पनि बस्दैछ ।
प्रतिक्रिया