काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बर्तमान सत्ता समिकरणमा परिवर्तन आउन सक्ने संकेत गरेको छ । काठमाण्डौमा हालै सम्पन्न केन्द्रिय सचिवालयको बिस्तारित बैठकबाट पुरानै मुद्धामा पार्टीलाई अगाडी लाने मनस्थिति बनाएका दाहालले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा माहोल बनाउन सत्ता परिवर्तनको अस्त्र फालेको चर्चा हुन थालेको छ ।
दाहालले बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा संविधानलाई स्थायित्व दिनका लागि पनि अहिलेको सरकार परिवर्तन हुन सक्ने संकेत दिएका हुन । उनले अहिले देशको मुख्य आवश्यकता संबिधान कार्यन्वयन भएको र संविधान कार्यान्वयनका बिषयमा सरकार कमजोर देखिए यसलार्य परिवर्तन गरि दरिलो सरकार बनाउनु पर्ने बताएका छन ।
बिभाजित पार्टी एकिकरणको अह्वान गर्दै दाहालले संविधान जारी भएको तीन बर्षमा तीनवटा सरकार बनेको तर, कुनै सरकारले पनि संविधान कार्यन्वयनका लागि सहि भूमिका खेल्न नसकेको भन्दै भरसक जात मिल्ने दलहरुको सरकार बन्नुपर्नेमा जोड दिएका छन ।
उनले कांग्रेस भित्रको आन्तरिक कारणले सरकार विस्तारमा ढिलाइ भइरहेको आरोप लगाउदै राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासन व्यवस्था आवश्यक रहेको र यसैको सेरोफरोमा अबको सरकार बन्नुपर्ने बताए ।
प्रतिक्रिया