देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारद्धारा पुर्ब मुख्य सचिब सुबेदीको पद खारेज,मनिलाबाट पठाएको राजिनामा पनि स्वीकृत

देशान्तर

काठमाण्डौ । सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गरेको छ ।
बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले चौतर्फी दबाबपछि सुबेदीले दिएको राजिनामा स्वीकृत गर्दै उनको अतिरित्त समुहको मुख्य सचिवको जगेडाको पद समेत खारेज गरेको हो ।
सुवेदीे एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको रुपमा साउन एक गते देखि जागिर खान फिलिपिन्सको मनिला पुगेका छन ।

 

सुबेदीले प्रधानमन्त्री शेरबाहादुर देउवालाई आग्रह गरि थप तीन वर्ष सेवा गरे बराबरको पेन्सन बढाउन राजीनामा नदिई आफ्नो पदलाई अतिरिक्त समूहमा राख्न सफल भएका थिए ।
नेपालबाट राजिनामा नदिई हिडेका सुबेदीले मनिला बाटै राजिनामा पठाएका हुन । परिवार सहित चौतर्फी आलोचना भएछि सुबेदीले मनिला बाटै सरकालाई राजिनामा पठाएको उनको परिवारीक स्रोतले जनाएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयका नाउमा सुबेदीले पठाएको राजिनामा मन्त्री परिषदले स्वीकृत गरेको हो । सुबेदीलाई राजिनामा नगरी जानदिएको भन्दै सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा समेत चर्को आलोचना भएको थियो ।
सामाजिक सन्जाल र सांसदहरुले समेत चर्को आलोचना गरेपछि सरकारले सुवेदीको राजीनामा स्वीकृत गर्नुका साथै उनको पदलाई अतिरिक्त समूहमा राख्ने निर्णय पनि खारेज गरेको हो ।

 

यसमा सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं सहयोगी भएको भन्दै चर्को आलोचना भएको थियो ।

 

सांसदहरुले समेत चर्को आलोचना गरेपछि सरकारले सुवेदीको राजीनामा स्वीकार गर्नुका साथै उनको पदलाई अतिरिक्त समूहमा राख्ने निर्णय पनि खारेज गरेको छ ।