काठमाडौंँ । सत्तारुढ नेपाली काँग्रेसले आगामी सोमबार पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । ९ गते दिउँसो २ बजे बस्ने केन्द्रीय कार्य समितिको बैठकमा प्रदेश नम्बर २ को निर्वाचनका विषयमा छलफल हुने पार्टी सचिवालयले जानकारी दिएको छ ।
बैठकमा पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, प्रदेश नम्बर २ को आगामी निर्वाचनको तयारी र अन्य समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।
बैठकमा प्रदेश नम्बर २ का जिल्ला सभापति, सांसद, पूर्व सांसद जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति, संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेवारका प्रत्यासीलाई आमन्त्रण गरिएको पार्टी सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया