देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिजो बैद्यले आज दाहालले गरे पार्टी एकिकरणको अपिल

देशान्तर

काठमाण्डौ । नेकपा क्रान्किारी माओबादीको अध्यक्ष किरण बैद्यले क्रान्तिकारी कम्युनिष्टहरुसंग पार्टी एकताका लागि अपिल गरे लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि क्रान्तिकारीहरुको एकता अनिवार्य भएको भन्दै एकताका लागि अपिल गरेका छन ।

 
स्थानीय तहको चुनावको नतिजा अनुसार जनताले नै माओवादीहरु मिल्नुको विकल्पन नभएको सन्देश दिएको भन्दै अध्यक्ष दाहालले सबै क्रान्तिकारी एक हुनुपर्ने अवस्था आएको बताएका हुन् ।

 
बैद्य र डा बाबुराम भट्टराई तर्फ इसारा गर्दै भने–साथीहरु माओवादी आन्दोलनबाट विभाजित भएर जानुभयो । तर, कसैले पनि फुटको औचित्य पुष्टी गर्न सक्नुभएन, जनताले वैद्य, विप्लव, बाबुरामको नेतृत्वमा रहेका सबैलाई तिमीहरुसँग एकताको बिकल्प छैन भन्ने सन्देश दिएर पठाएका छन त्यसैले एक हुनुको बिकल्प छैन ।

 

 

दाहालले अब सबै माओवादी एक हुनुको बिकल्प नरहेको बताए । उनले अहिले चलिरहेको सचिवालय बैठकबाट क्रान्तिकारी माओवादीहरुको एकताका लागि विशेष प्रस्ताव पारित गरेर एकताका लागि थप अपील पनि गरिने बताए ।

 
ललितपुरको थासीखेलमा बुधबार आयोजित कार्यक्रममा बोल्दै दाहालले स्थानीय तह चुनावमा माओवादी केन्द्रले अपेक्षित नतिजा ल्याउन नसक्नुको दोष जनतालाई दिएर नेताकार्यकर्ताले उन्मुक्ति नपाउने चेतावनी समेत दिए ।