देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैद्यको दाहाललाई चुनौतीः पार्टी एकीकरणका लागि क्रान्तिकारी समूहलाई आह्वान

देशान्तर

काठमाडौं । क्रान्तिकारी माओबादीका अध्यक्ष मोहन बैद्य किरणले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालाई चुनौती दिदै क्रन्तिकारी समुहलाई पार्टी एकताका लागि आह्वान गरेका छन ।

 
मंगलबार एक बिज्ञप्ती जारी गर्दै बैद्यले माओबादी केन्द्रले बिचारधारा परिवतन गरेकाले उससँग अब कुनैपनि सच्चा कम्युनिष्ट बिचारधाराको एकता नहुने बताएका छन ।

 

वैद्यले पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहहरुलाई आह्वान गर्दै दश वर्षे जनयुद्ध तथा विभिन्न जनआन्दोलनहरुले गम्भीर धक्का खाएको उल्लेख गरेका छन ।

 

उनले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै गम्भीर बन्दै गएको भन्दै दक्षिणपन्थी संशोधनवाद प्रभाव बढ्दै गएको बताएका छन । उनले जनताले सोचे अनुसारको कम्युनिष्ट पार्टी बनाउन आवस्यक रहेको भन्दै अहिलेको स्थितिमा एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण आवस्यक भएको बताएका छन ।

 

वैद्य माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–मार्कस्वाद,लेनिनवाद,माओवाद अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्ने, क्रान्तिमा बल प्रयोगको सिद्धान्तलाई मान्ने, वर्तमान पश्चगामी संविधानलाई अस्वीकार गर्ने, वर्तमान सत्ता तथा व्यवस्थाको मन्त्रिपरिषदमा नरहने र जनवादी केन्द्रीयताको सिद्धान्तलाई स्वीकार गर्ने सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक मान्यताका आधारमा पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहहरुलाई आह्वान गरिएको छ ।