काठमाण्डौ । प्रस्ताबित प्रधानन्यायाधीश गोपाल पराजुलीले मुस्कान सहितको ३९ बुँदे कार्ययोजना पेशगरेका छन । पराजुलीले न्यायालयमा ‘मुस्कान सहितको सेवा’ सुरु गर्ने बताए । पराजुलीले प्रधानन्यायाधीश बहादुरी देखाउने पद नभएको टिप्पणी समेत गरेका छन् ।
आइतबार संसदीय सुनुवाई विशेष समितिको बैठकमा उपस्थित प्रस्तावित प्रधानन्यायाधीश पराजुलीले पद्दती र प्रणालीमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘यो पद्दती र प्रणालीमा चल्ने पेसा हो । प्रधानन्यायाधीश हिरोइज्म गर्ने (बहादुरी देखाउने) पद हैन । म पद्दती र प्रणालीमा काम गर्छु ।’
३९ बुँदे कार्ययोजना पेश गर्दै पराजुलीले न्यायालयमा ‘मुस्कान सहितको सेवा’ सुरु गर्ने बताए । न्यायालयप्रति जनआस्था बढाउनु पर्ने भन्दै उनले भने, अहिले पनि भोलि भोलि भन्ने अवस्था छ । हाकिमले अन्य कर्मचारी र सेवाग्राहीलाई गन्ने चलन छैन । मैले मुस्कान सहितको सेवा अघि सारेको छु ।’
एक समय नेपाल प्रहरीले मुस्कान सहितको सेवा सुरु गरेको थियो, जुन अहिले प्रभावकारी छैन । सुनुवाईका क्रममा प्रस्तावित प्रधानन्यायाधीश पराजुलीले अदालतमा जम्मा १५ प्रतिशत नागरिकको पहुँच रहेको भन्दै न्यायमा पहुँच बढाउने योजना सुनाए ।
वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि सामाजिक रुपमा अपराध हुन थालेको भन्दै उनले फुटकर मुद्दाको कार्य्विधि सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने, हार्ने पक्षबाट जित्ने पक्षलाई क्षतिपूर्ति भराउने कि भन्ने मेरो सोच रहेको बताए ।’
पराजुलीले आफुले न्यायालयभित्रका विकृति र विसंगति अन्त्यमा लाग्ने बताएका छन् । यसका लागि सम्पत्ति विवरण अनुगमनका साथै आचार संहिता कार्यान्वयन र मूल्यांकन गर्ने उनको कार्ययोजनामा उल्लेख छ । सुनुवाईपछि समितिले प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ ।
उनलाई प्रधानन्यायाधीशबाट रोक्नका लागि ठूलै गिरोह सक्रिए भएको थियो । अन्तत प्रस्ताबित प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्बोच्चको प्रधानन्यायाधीश बन्न क्लिनचिट पाएका छन ।
सर्बोच्चका न्यायाधीशहरु मध्ये बरिष्ठतम बरियतामा रहेका पराजुलीलाई प्रधानन्यायाधीश बन्नबाट रोक्नका लागि पुर्ब प्रधानन्यायाधीश शुसिला कार्की देखि प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका अध्यक्ष केपी ओली सम्मको गिरोहको डिजाई अब पुर्ण रुपले असफल भएको छ ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुर्ब प्रधानन्यायाधीश शुसिला कार्की माथि महाँअभियोग लगाएपछि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका पराजुलीले संसदीय बिषेश सुनुवाईमा पनि क्लिनचिट पाएका छन ।
प्रमुख प्रतिपक्षी एमाले र पुर्ब प्रधानन्यायाधीश कार्कीका अनेकौ षडयन्त्रका बाबजुत पनि संभवत जनस्तरबाट कुनैपनि लान्छना नलगाईएको प्रधानन्यायाधीशको रुपमा पराजुलीले सपथ गर्नेछन ।
संबैधानिक परिषदले कामु प्रधानन्यायाधीश पराजुलीको नाम अनुमोदनका लागि संसदीय बिषेश सुनुवाई समितिमा सिफरिस गरेपछि समितिले पराजुलीका बिरुद्धमा उजुरी दिन १० दिनको समय दिएको थियो ।
तर, पराजुली बिरुद्धमा सुनवाई समितिमा एउटा पनि उजुरी परेनन् र आज संसदीय बिषेश सुनुवाई समितिले प्रधानन्यायाधीशमा पराजुलीको नाम अनुमोदन गर्ने छ । समितिले नाम अनुमोदन गरि राष्ट्रपति समक्ष बुझाएपछि राष्ट्रपतिले सोमबारदेखि पराजुलीले प्रधानन्यायाधीशको काम सुरुगर्ने गरि नियुत्ति गर्ने तयार भएको छ ।
पन्चायत कालमा बिद्यार्थी राजनितिका अगुवाको रुपमा चिनिएका पराजुली अहिलेको राजनितिक बृतमा रहेका सबै तहका नेतासंग परिचित छन । बिद्यार्थी कालको राजनितिलाई लिएर केहि दलका नेताले उनि बिरुद्धमा अभियान नै चलाए । पराजुलीलाई रोक्न पुर्ब प्रधानन्यायाधिश कार्कीले न्यायपरिषदमा पराजुलीको उमेर सच्चाएर एकबर्ष घटाई दिएकी थिईन ।
कार्कीले तोकेको जन्ममिति २१ साउन ००९ अनुसार पराजुली ५६ दिनमात्रै प्रधानन्यायाधीश हुने पाउने थिए । न्यायाधीशको उमेरको विवाद न्यायपरिषद्को कैठकवाट मात्र निर्धाराण हुने भए पनि पराजुलीको उमेर घटाएर संवैधानिक परिषद्लाई पत्र लेखेर पराजुलीको जन्ममिति २१ श्रावन ००९ पठाएकी थिईन् ।
कार्कीले संवैधानिक परिषद्लाई पत्र लेखेर पराजुलीको नाम पठाएपनि सबोच्चले कार्कीको निर्णय गलत मनसायले प्रेरित भएको भन्दै उल्टाईदिएको थियो ।
कार्कीले षडयन्त्र पुर्बक बनाएको रेकर्डलाई आधार बनाउदै प्रमुख प्रतिपक्षदल एमालेले पनि पराजुलीलाई प्रधानन्यायाधीशबाट रोक्ने प्रयास गरेको थियो ।
प्रतिक्रिया