काठमाडौं । सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी) को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो ।
सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्री वरिष्ठ सचिव हुन् । उनी कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका थिए । तर, प्रशासन समूहका कर्मचारीको व्यापक विरोध र लोकसेवा आयोगको असहमतिका बीच एमाले नेतृत्वको अडमा कानुन समूहबाट प्रशासनमा आउन सफल भएका थिए ।
यदि मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा दिएर एडीबी गएको भए उनी मुख्य सचिव नहुनसक्थे किनकी वरिष्ठका आधारमा धनबहादुर तामाङ अगाडि हुन्थे । तर, सुवेदी राजीनामा नदिई काजमा गएपछि तामाङले अवकास पाएका छन् । क्षेत्रीको कार्यकाल पनि लामो हुने छैन उनको ५८ वर्ष उमेर हदका कारण उनले कात्तिक ८ गते अनिर्वाय अवकास पाउनेछन् ।
प्रतिक्रिया