काठमाडौँ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने नगर्ने भन्ने बारे सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाई हुँदैछ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।
यसअघि पटकपटक सुनुवाई भएपनि सर्वोच्चले यसबारेमा फैसला गर्न नसक्दा भरतपुरमा अन्यौल बढेको छ । मतगणना भइरहेका बेला गणनाका लागि बसेका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेपनि त्यसलाई कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।
प्रतिक्रिया