काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढ्ने बताएका छन । सोमबार बिहान माओवादी केन्द्र संसदीय बोर्डको बैठकमा प्रचण्डले विधेयक अगाडि बढ्ने बताएका हुन्।
संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दाहालले संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने सबैको उद्देश्य भएको बताए । उनले भने-अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक अब प्रक्रियामा अगाडि बढ्छ । संशोधन विधेयकलाई निर्णयार्थ पेश गरेर राजपा लगायतका असन्तुष्ट दललाई पनि चुनावमा ल्याउनुको विकल्प छैन ।
हामीले जिम्मेवारपूर्ण भूमिका खेल्न सकेनौं भने असन्तुष्टीमा खेल्ने तत्वले फाइदा उठाउन सक्छन् । बैठकमा दाहालले संविधानको कार्यान्वयन र चुनावका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया