काठमाडौँ । १३ वर्ष अगाडी तेज प्रसाद पाण्डेको शब्द र सुरेश सेन्चुरीको सङ्गीत रहेको ‘जाली रहिछ तिम्रो जाले रुमाल’ बोलको गीत औपचारिकरुपमा रेकर्ड गराएकी शान्ता जिसी ले त्यस यता नियमित रूपमा आफ्नो स्वरमा गीत गाउँदै आएकी छन् । आधुनिक र तीजका गीत गरी दुई दर्जन बढी गीतमा स्वर भरेकी शान्ताले एकल एल्बम बाचा पनि सार्वजनिक गरेकी छन् ।
बुटवल ११ कि शान्ता हाल कर्मको सिलसिलामा जापान बस्छिन् । १९ वर्ष अघि कुन्ती मोक्तानको स्वरमा रहेको ‘भन्छन् कोही जिन्दगी ’ बोलको गीत बुटवलमाको स्टेज सो मा गायकी शान्ताको पहिलो सार्वजनिक प्रस्तुति थियो । बुटवलकै गायक तथा सङ्गीतकार सौगात सायर , र सुरेश सेन्चुरी सँग सारे गम सिकेकी शान्ताले १३ वर्ष अगाडी नै प्रयाग सङ्गीत विद्यालय इलाहाबाद सङ्गीतमा डिप्लोमा गरेकी हुन् । डिप्लोमा सकेर सङ्गीतमा जम्ने सोचेकी शान्ता जब जापान पुगिन नियमित साधना छुट्यो तर उनको गायन मोह छुटेको छैन ।
प्रताप दाश, खुमन अधिकारी, प्रेम सापकोटा सुर्य खडका, लगायत सँग युगल स्वर भरेकी शान्ताले , अर्जुन पोख्रेल, सन्तोष श्रेष्ठ कृष्ण पाण्डे लगायतका सङ्गीतकार को धुनमा स्वर भरिसकेकि छन् । मेला महोत्सवहरूमा पनि प्रस्तुति दिँदै आएकी शान्ताले नेपाल आउँदा आफ्नै लगानीमा गीत र एल्बम बनाउँदै आएकी छन् । वियोगान्त गीत गाउन सुन्न मन पराउने उनले गीत सङ्गीत बाट रिटर्न नआए पनि रहरले र मनले नमान्दा आत्म सन्तुष्टिका लागि सङ्गीतमा लगानी गर्दै आएको बताइन् ।
संस्थागत रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्तिठानको जापान द्वितिय उपाध्यक्ष रहेकी शान्ताको घरमा सङ्गीत क्षेत्रमा लागेकी उनी मात्र हुन । परिवारको पूर्ण सहयोग पाएकी उनले एक जना सङ्गीतकार वाट भने सहयोग नपाएको गुनासो गरिन् । उनको स्वर भर्ने समयमा पनि सङ्गीतकार स्टुडियोमा नआइदिँदा चित्त दुखेको बताइन् । सायद सिर्जनाको माया भन्दा पैसाको मायाले सङ्गीत गरिदिएको र बाँकी जिम्मेवारी पुरा नगरेको शान्ताको दुखेसो थियो ।
उनले गाउने र गाएका गीत बारे घरमा समीक्षा हुने पनि बताइन् । गीत सङ्गीत बाट अलि अलि नाम कमाएको छु जस्तो लाग्ने शान्तालाई गीतको म्युजिक भिडियो बनाउने टिम र कलाकारको बेबहारले पनि चित्त दुखाउने रहेछ । म्युजिक भिडियोमा धेरै खर्च देखाइदिने अनि त्यसपछि प्रचार प्रसारमा समेत बेवास्ता गरिने प्रवृत्ति प्रति उनी असन्तुष्ट छिन् । चलेको गीत भनेर किनेको भ्यूजलाई मानक बनाउन खोजिएको उनको बुझाई छ । भ्यूज भनेको दर्शक श्रोतालाई छारो हालेको उनको भनाई छ । बजारमा जसको आए पनि सदाबहार गीत आइदिए हुन्थ्यो गाउनेले त्यस्तो गाइदिए हुन्थ्यो भन्ने आफूलाई लाग्ने गरेको बताउने शान्ताले अहिले त्यस्तो नदेखिएको बताइन् ।
आफैले गाएका मध्य उनकै शब्द अनि सन्तोष श्रेष्ठको सङ्गीत रहेको तिम्रो बचनले बोलको गीत उनलाई हालसम्म पर्ने गीत मध्य पर्छ । वियोगान्त मेलोडियस गीत रुचाउने शान्ताले त्यस प्रकारको आफूलाई फिट हुने शब्द सङ्गीत खोजिरहेकी छन् । केही समयका लागि नेपाल आएकी शान्ताले प्रेम सापकोटा सोनु को शब्द सङ्गीतमा नयाँ तिज गीत लिएर आउदैछिन । त्यस लगत्तै गीतकार लोकराज अधिकारीको शब्द , अर्जुन पोख्रेलको सङ्गीतमा तयार भएको ‘थाल खाऊ कि भात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने उनको तयारी छ । तिज पछि मात्र भिडियो सार्वजनिक गर्ने तयारी गरेकी शान्ताले भिडियोको कन्सेप्ट र कलाकारको बारेमा छलफलमा रहेको बताएकी छन् । अरू गीत भन्दा अलिकति फरक रमाइलो खालको गीतको अडियो फाइनल भैसकेको र गीतका शब्द अनुसार कथानक डान्सिङ भिडियो बनाउने तयारीमा रहेको शान्ताले देशान्तरलाई बताइन् । भिडियो आफ्नै च्यानल बाट सार्वजनिक गर्ने उनले बताइन् ।
प्रतिक्रिया