देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामचन्द्रजी राष्ट्रपतिका लागि योग्य व्यक्ति होः देउवा

'लोकतन्त्र र प्रजातन्त्रका लागि पौडेलको भूमिका अतुलनीय छ'

देशान्तर

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल राष्ट्रपति पदका लागि योग्य व्यक्ति भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूको उपस्थितिमा अभिमुखीकरणमा देउवाले राष्ट्रपतिमा पौडेललाई विजयी बनाउन आग्रह गरे ।

रामचन्द्र पौडेललाई कुनै भूमिका नदिएको भन्दै आरोप लगाए पनि त्यो आरोप अब हटेको बताएका हुन् । देउवाले भने, ‘राष्ट्रपतिमा रामचन्द्रलाई विजयी बनाऔं। पौडेललाई उम्मेदवार बनाएर न्याय गरे। रामचन्द्रजी अहिले राष्ट्रपति पदका लागि सबैभन्दा योग्य व्यक्ति हो।’

लोकतन्त्र र प्रजातन्त्रका लागी पौडेलको भूमिका अतुलनीय रहेको देउवाको भनाइ छ । देउवाले भने, ‘प्रजातन्त्र, लोकतन्त्र र संविधान रक्षाका लागि पौडेलज्यूले भूमिका खेल्नुहुनेमा आफू पूर्ण विश्वस्त छ।’