देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीमतीलाई उपप्रधानमन्त्री घोषणा गर्न रेशम चौधरीको माग

देशान्तर

काठमाडौं– आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले उपप्रधानमन्त्रीसहित एक राज्यमन्त्री माग गरेको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेको छ ।

त्यस्तै संघमा एक राज्यमन्त्रीसमेत माग गरेको नागरिक उन्मुक्तिका पार्टीका एक नेताले बताए ।

त्यस्तै संरक्षक चौधरीले प्रदेशहरूसमेत पावर सेयरिङ गर्नुपर्ने शर्त राखेका छन् । उनले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलेसमेत नेतृत्व गर्नुपर्ने शर्त राखेका छन् ।

वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उनको माग छ । त्यस्तै लुम्बिनीमा प्रदेशमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री दाबी गरेका छन् ।

चौधरीले टीकापुरलाई छुट्टै जिल्ला बनाउनेपर्ने मागसमेत गरेको छ । उनले सुदूरपश्चिम प्रदेशलाई खप्तड-थरुहट प्रदेश बनाउनुपर्ने र राजधानी धनगढी बनाउनुपर्ने माग गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा आठ दलको दुई तिहाइ बहुमत रहेको भन्दै नाम परिवर्तन गर्न माग गरेको ती नेताको भनाइ छ ।