देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधानको परिधिमा रहेर भूमिका निर्वाह गर्छुः पौडेल

'विगतका राष्ट्रपतिबाट भएका गल्ती कमिकमजोरीलाई  दोहोर्‍याउँदिन'

देशान्तर

काठमाडौं– राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले निर्वाचित भएमा संविधानको परिधिमा रहेर राष्ट्रपतिको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । सत्ता गठबन्धनका ८ दलका संघीय सांसदहरुको काठमाडौंमा भएको भेलामा पौडेलले विगतका राष्ट्रपतिबाट भएका गल्ती कमिकमजोरीलाई आफूलाई नदोहोर्‍याउने प्रतिवद्धता जनाएका हुन् ।

‘राष्ट्रपति पदको मर्यादा कायम राख्ने, संविधानको संरक्षकको रुपमा काम गर्ने, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र संविधानको रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबाट आएको छ,’ भेलामा भएका छलफलबारे जानकारी दिँदै कांग्रेस नेता प्रदीप पौडेलले भने ।

भेलामा ८ दलका शीर्ष नेताहरूले पौडेललाई राष्ट्रपतिमा समर्थन गर्नु परेको कारणबारे आफ्ना सांसदहरूलाई जानकारी गराइरहेका छन् ।