राष्ट्रपतिमा आफ्नो दलका नेता रामचन्द्र पौडेललाई जिताउन नेपाली कांग्रेसले सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता परिचालित गरेको छ । फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा आफ्नो उमेदवारलाई विजयी गराउन कांग्रेसले केन्द्रबाटै पदाधिकारी तहका नेता परिचालित गरेको हो ।
गठबन्धनबाट नेपाली कांग्रेसका नेता पौडेल राष्ट्रपतिको साझा उमेदवार बन्नु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री, प्रमुख सचेतक र केही प्रभावशाली नेताहरूसंग छलफल गरिे गठबन्धनको कार्यक्रमलाई नेतृत्व गर्न पदाधिकारीलाई जिम्मेवारी दिनु भएको हो ।
कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा फरमुल्लाहा मन्सुरले जिम्मेवारी पाउनु भएको छ । कोसी प्रदेशमा महामन्त्री शर्मासहित सहमहामन्त्री भीष्मराज आङदेम्बे पनि सहभागी हुनुहुने भएको छ । मधेसमा सहमहामन्त्री महेन्द्र यादव, वाग्मती प्रदेशमा महामन्त्री गगन थापालाई कार्यक्रमको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार लाई जिम्मेवारि दिइएको छ ।
लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठोर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई जिम्मेवारी तोकिएको छ । भेलामा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य समेतको सहभागिता रहनेछ ।
प्रतिक्रिया