यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनेको संख्या गत वर्षको भन्दा धेरै देखिएका छन् । गत शैक्षिकशत्रको भन्दा १ हजार ६ सय २२ ले बढेका हुन् । तर चारवटा प्रदेशमा भने विद्यार्थी संख्या घटेको छ । ती चारवटा प्रदेशमा प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
गत वर्ष प्रदेश–१ मा ८८ हजार ३२ जना परीक्षार्थी थिए । यो वर्ष करिब ३ हजार विद्यार्थी घटेका छन् । प्रदेश–१ मा यो वर्ष ८५ हजार ७ सय ४३ जना सहभागी हुँदैछन् । बागमतीमा परीक्षार्थीको संख्या १ लाख १० हजारबाट घटेर १ लाख ६ हजार ९ सय ५९ पुगेको छ ।
गण्डकीमा गत वर्ष ४७ हजार ३ सय ४५ जनाले परीक्षा दिएकोमा यो परीक्षार्थीको संख्या घटेर ४६ हजार ७ सय ३७ मा झरेको छ । सुदूरपश्चिममा ५९ हजारबाट घटेर ५८ हजार ९ सय ७ झरेको छ । मधेश, कर्णाली र लुम्बिनी प्रदेशमा भने विद्यार्थी संख्या बढेको छ ।
प्रतिक्रिया