नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका सांसदलाई आज अभिमुखीकरण गर्ने भएको छ । २५ फागुनमा हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी रहेको छ ।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका सांसदलाई आज अभिमुखीकरण गर्न लागिएको कांग्रेस मुख्यसचिव एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले जानकारि दिनुभयो । गठवन्धनमा सहभागि आठवटै दलका सांसदलाई राष्ट्रपति निर्वाचन केन्द्रीय अभिमुखीकरण कार्यक्रम राखिएको हो । काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा अभिमुखिकरण कार्यक्रम राखिएको छ ।
प्रतिक्रिया