काठमाडौं– नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा ८ दलको समर्थनमा साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
गत फागुन १३ गते ८ दलको समर्थनमा पौडेल राष्ट्रपति उम्मेदवार भएका थिए । यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ ।
खतिवडाका अनुसार सरकारमा जाने विषयमा पार्टी सकारात्मक भए पनि अहिले नै सरकारमा जाने बेला भने भइनसकेको बताए ।
प्रतिक्रिया