काठमाडौं– एकीकृत समाजवादीको सचिवालय बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको पार्टी प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन लगायत समसामयिक राजनीतिका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।
फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । नेपाली कांग्रेसले एक÷दुई दिनभित्रै पुरानै पाँच दलीय गठबन्धन ब्युँतने दाबी गरेको छ ।
राष्ट्रपति आफैंले भनेको उम्मेदवार हुनुपर्ने माग राखेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीति थप तरगिंत भएको छ । यसबारे पनि पार्टी बैठकमा ब्रिफिङ गर्ने सम्भावना छ ।
प्रतिक्रिया