काठमाडौँ– नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।
पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताए । ‘सरकार छाड्न, नत्र सरकारबाट हटाउने वा विनाविभागीय मन्त्रीसम्म बनाउने प्रधानमन्त्रीको निरन्तर अभिव्यक्तिका कारण यो सरकारमा बसिरहनु उचित हुने हामीले देखेनौं’, उनले भने ।
परराष्ट्रमन्त्री विमला राई पौड्यालको भ्रमण रोक्ने प्रधानमन्त्रीको कदमले नकारात्मक सन्देश जानुका साथै राष्ट्रको इज्जतमाथि प्रभाव परेको एमालेको निष्कर्ष छ ।
प्रतिक्रिया