प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमण रद्द भएको छ । प्रधानमन्त्री दाहालको फागुन १९ देखि २२ सम्मका लागि तय भएको कतार भ्रमणको कार्यक्रम रद्द भएको हो ।
प्रधानमन्त्री दाहाल अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन त्यसतर्फ जाने तयारी गर्नु भएको थिए । राष्ट्रपतिको निर्वाचन लगायत राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
राष्ट्रपतिको निर्वाचन तथा प्रधानमन्त्रीको स्वास्थ्यमा आएको समस्याका कारण भ्रमण स्थायित भएको प्रधानमन्त्री दाहालको सचिवालले जनाएको छ । प्रधानमन्त्रीको साटो उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ लाई कतार पठाँउन लागिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारि दिनुभयो ।
प्रतिक्रिया