काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्रीको सिफारिसमा चार मन्त्रीको राजीनामा स्वीकृत गरी रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी ताेकेकी हुन्।
हिजो दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा बुझाएका थिए ।
यसअघि सातदलीय गठबन्धनमा बनेको राप्रपाले आठदलीय नयाँ गठबन्धन बनेसँगै समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय लिएको थियो ।
प्रतिक्रिया