देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभाको बैठक बस्दै

देशान्तर

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सम्भावित तीन कार्यसूची तयार भएका छन् । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

राप्रपा सरकारबाट बाहिरिएपछि सो पार्टीका नेताहरुले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले सम्हाल्नु भएको छ । सोही जानकारी राष्ट्रिय सभालाई गराउन लागिएको हो ।

यसैगरी आजको दोस्रो कार्यसूचीमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५÷७६ देखि २०७७÷७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले प्रतिवेदन पेस गर्ने तयारि गर्नु भएको छ ।

त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने तेस्रो कार्यसूची तयार भएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।