काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दावी गरेका छन् ।
शनिबार पार्टीको कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दावी गरेका हो । उनले पार्टीले वरिष्ठ नेता पौडेललाई सर्वसम्मत रूपमा स्वीकार गरेको बताए ।
उनले राष्ट्रपति उम्मेदवारको रूपमा आफ्नो नाम आउनु स्वाभाविकै भएपनि अन्तिममा पार्टीले पौडेललाई बनाउने निर्णय गरेको बताए । उनले शुक्रबार बैठकमा सहभागी ८ दलले नै पूर्ण रुपमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने पनि बताए ।
उनले भने, ‘राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल सर्वसम्मत हुनुभएको हो । मेरो पनि चर्चा थियो, त्यो स्वभाविक पनि छ । सभापतिज्युले प्रस्ताव राख्नुभयो, हामीले सर्वसम्मतले पास गरेका छौं । अहिले गठबन्धनमा रहेका सबैको समर्थन रहन्छ । उहाँको विजय निश्चित छ । अत्याधिक मतले विजय निश्चित छ ।’
प्रतिक्रिया