देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

देशान्तर

राष्ट्रपतिको उमेदवारी टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गरी निर्णय हुनेछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने भएका कारण कांग्रेसले कार्यसम्पादन समितिको बैठकमार्फत उम्मेदवारको टुगो लगाउन लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ । पछिल्लो समय आठ दलिय गठवन्धबाट काग्रेसलाई राष्ट्रपति दिने सहमति भएपछि काग्रेस उत्साहि भएको छ । काग्रेस भित्र वरिष्ट नेता रामचन्द्र पौड्ेल र नेता कृष्ण सिटौला राष्ट्रपतिको दावि गर्नु भएको छ । अहिलेसम्म बरिष्ट नेता रामचन्द्र पौड्ेलको राष्ट्रपति वन्ने सम्भावना देखिएको छ ।

यद्यपि काग्रेसमा केहि नेताले राष्ट्रपतिमा काग्रेस सभापति शेरवहादुर देउवा आफै राष्ट्रपति वनेर जानुपर्ने वताउदैँ आएका छन् । काग्रेसले आजको बैठक बाट राष्ट्रपति र सत्ता शमिकरणका बिषयमा निर्णय गर्दै छ । शुक्रबार साँझ आठ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रसलाई सघाउने निर्णय गरिसकेको छ ।