देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने आठ दलको निर्णय

कांग्रेसले भाेलि उम्मेदवारकाे टुंगाे लगाउने

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसलाई राष्ट्रपति दिने विषयमा पुरानाे गठबन्धन दलबीच सहमति भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीकाे बैठकले  सो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले नै ठूलो दल भएको हैसियतले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा बैठकमा सहभागी सबै दलले समर्थन गरेको ज्वालाले बताए । व्यक्तिका सन्दर्भमा कांग्रेसले आफैं निर्णय लिने उनको भनाइ थियो ।

नेपाली कांग्रेसले भोलि बिहान ८ बजे बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।बैठकमा पुरानो  गठबन्धनका ५ दल र थप तीन दल जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी पनि सहभागि भएका थिए ।