काठमाडौँ– राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार बालुवाटारमा छलफल भएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए । तर, दलहरुले आन्तरिक छलफल गर्नुपर्ने भएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको बताए।
महामन्त्री थापाले अ आफ्नो दलमा छलफल गरेर फेरि शुक्रबार नै साँझ ५ बजे पुन: बैठक बस्ने जानकारी दिए ।
प्रतिक्रिया