संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै सरकारले शनिबार बाहेकका दिनमा सार्वजनिक बिदाका दिनपनि सरकारी कार्यालय खोल्ने तयारी गरेको छ । बिदामा पनि सरकारी कार्यालय खोल्नेगरि सरकारले आज संवैधानिक विधेयक संसदमा लैजादैँ छ । बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो तयारी गरेको हो । बिदा धेरै हुँदा सार्वजनिक सेवा प्रवाहमा प्रभाव परेको भन्दै बैठकमा बिदाको बारेमा छलफल भएको हो ।
प्रतिक्रिया