देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पदलोलुप देखिएर राष्ट्रपति बन्दिनँ: माधवकुमार नेपाल

देशान्तर

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मति भए मात्र आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् ।

बिहीबार माओवादी संसदीय दलको कार्यालयमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा उनले पदलोलुप देखिएर राष्ट्रपति नहुने बताएका बैठकमा सहभागी एक नेताले बताएका छन् ।

‘पदलोलुप देखिएर राष्ट्रपति हुन्न, सर्वसम्मति भए उठ्छु’ अध्यक्ष नेपाललाई उधृत गर्दै स्रोतले भन्यो । नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गत आइतबार राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । बिहीबार माओवादी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा पनि यस विषयमा छलफल भएको थियो ।

प्रचण्डले भने नेता नेपालको प्रस्तावमाथि छलफल गर्ने जवाफ दिएका थिए ।