काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले नेताद्वय प्रचण्ड र नेपालबीच छलफल जारी छ । आसन्न राष्ट्रपति पदको निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाँचदलीय गठबन्धन ब्युँताउने विषयमा चर्चा भइरहेका बेला दुई नेताबीच भेटवार्ता भएको हो ।
प्रतिक्रिया