राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसले तयारि गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिजो भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि काग्रेस उत्साहित भएको छ । कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने तयारि गरेको छ ।
काग्रेसले बैठकबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानसक्ने संकेत गरेको छ । काग्रेसमा अर्का नेता कृष्ण सिटौला पनि राष्ट्रपतिको चर्चामा रहनु भएको छ । काग्रेस भित्र केहि नेताहरुले पार्टि सभापति शेरवहादुर देउवालाई पनि राष्ट्रपति बन्न दवाव दिदै आएका छन् ।
प्रतिक्रिया