देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मतदान गराउने निर्णय बिरुद्ध परेको रिटमा सुनुवाइ शुरु

देशान्तर

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ । न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई शुरु भएको हो ।
भरतपुर महानगरपालिका १९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले आइतवार दर्ता गरेको रिटलाई प्राथमिकता दिएर सुनुवाई शुरु भएको हो ।

रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गर्दैछन् । अदालतले छलफलका लागि विपक्षी झिकाउने वा अन्तरिम आदेश दिने निर्णय आजै हुनेछ ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदान गराउने र सबै मतपत्र अवैध घोषित गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा रिट दायर भएको थियो । निवेदकले भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सुचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरेका छन् ।