काठमाडौं- वाग्मती प्रदेशसभाको बैठक यही माघ २२ गते बस्ने भएको छ । माघ २२ गते अपराह्न २ बजेका लागि बैठक आह्वान गरिएको छ ।
प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।
सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी पार्टी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य छन् ।
प्रतिक्रिया