नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ । नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो । प्रतिनिधिसभा बैठकका कारण पार्टीको बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले संसद बैठकका कारण पार्टीका बैठक स्थगित भएको जानकारी दिए ।
उपाध्यायले अब पदाधिकारी बैठक नबस्ने र स्थायी समितिको बैठक बिहीबार ११ बजे बस्ने बताए ।
प्रतिक्रिया