काठमाडौं । कम्बोडियामा हुने संसदीय निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा नेपाली कांग्रेस नेत्री तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला कम्बोडिया प्रस्थान गरेका छन् ।
कम्बोडियाको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा यही जुन २ देखि ५ तारिखसम्म हुन लागेको संसदीय निर्वाचनमा भाग लिन उनी आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन ।
नेत्री कोइराला एसियाली राजनीतिक दलहरुको सम्मेलन आइक्यापको सदस्यका रुपमा त्यसतर्फ गएका हुन ।
नेत्री कोइराला कम्बोडियामा रहँदा त्यहाँका प्रधानमन्त्री सम्देक तथा विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रतिक्रिया