देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भरतपुरमा मतगणना शुरु गर्न माग गर्दै एमालेद्वारा संसद्मा अवरोध

देशान्तर

काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यबस्थापिका संसद् बैठकमा अवरोध गरेको छ ।

माओवादी केन्द्रका कार्यकर्ताले चुनावमा पराजयको डरले चितवनको भरतपुरमा मतपत्र च्यातेको आरोप एमालेले लगाएको छ । नतिजा प्रभावित गर्नेगरी गरिएको काम सार्वभौम अभिमत माथिको बलात्कार भएको एमालेले बताएको छ ।

व्यबस्थापिका संसद्को बुधवार बसेको बैठकको सुरुमा सभामुखसँग समय लिएर एमाले नेता सुरेन्द्र पाण्डेले अविलम्ब मतगणना शुरु गर्न माग गरेका हुन् । पाण्डेले मतगणना शुरु नभएसम्म संसदको अबरुद्ध गर्ने चेतावनी दिए ।