देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण गरिने

देशान्तर

काठमाडौँ – संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिहीवार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएपश्चात् प्रतिक्रिया दिँदै सचिवालय प्रवक्ता रोजनाथ पाण्डेले केही दिनभित्रै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

उनले आफूहरू संसद् अधिवेशन आह्वानको प्रतीक्षामा रहेको बताए । “हामी संसद् आह्वानको प्रतीक्षामा हामी छौँ,” उनले भने, “संसद् बैठक सुरु हुनुभन्दा लगभग दुई दिनअघि सांसदहरूलाई अभिमुखीकरण गर्छौँ । हामीले अभिमुखीकरण कार्यक्रम राखेका छौँ ।”

प्रवक्ता पाण्डेले अभिमुखीकरण कार्यक्रमले नयाँ आउने सांसदलाई संसदीय प्रक्रिया बुझ्न सहज हुने उल्लेख गरे । “सांसदहरूलाई ऐन, कानुनका कुराहरू, यहाँ प्रयोग हुने संसद्को परिचय पुस्तिकालगायत हामीलाई उपलब्ध गराउनुपर्ने सूचनालगायत विषयमा अभिमुखीकरण दिइन्छ । नयाँ आउने सांसदहरूले धेरै नयाँ कुरा सिक्नुहुन्छ,” उनले भने ।

प्रवक्ता पाण्डेले शपथ लिन बाँकी रहेका चार सांसदलाई संसद् सचिवालयले छलफल गरेर मिति तय गर्ने बताए । प्रतिनिधिसभाका २७५ मध्ये बिहीबार चार सांसदले शपथ लिएका छैनन् ।