देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चार्ल्स शोभराजलाई कैद मुक्त गर्न सर्वोच्चको आदेश

१५ दिनभित्र देश फर्काउने व्यवस्था मिलाउनू

देशान्तर

काठमाडाैं -हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका चाल्र्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बुधवार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चाल्र्स शोभराजलाई आज नै कैदबाट मुक्त गर्न आदेश दिएको हो ।

ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा चाल्र्स शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । इजलासले आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको छ ।

आदलतको आदेशमा ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा दिएर छोड्न भनिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था छ ।

उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो । उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ ।

१९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानून प्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावास बिरूद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ ।