काठमाडौँ – प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान अनुसार जबराले शपथ लिएका हुन् ।
अन्य निर्वाचित प्रतिनिधिसभाका सदस्यले बिहीबार दिउँसो १ बजे जबराबाट शपथ लिनेछन् ।
प्रतिक्रिया