काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा पाएको मतबाट निराश नरहेको बताएका छन् । संसदीय दलको चुनावमा पराजित भएपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै गगनले आफूले पाएको मत अपेक्षाकृत नभएको बताए ।
आफूले योभन्दा धेरै राम्रो मत पाउने सोचेको उनको भनाइ छ । उनले आफूलाई कुनै बिन्दुमा सुखद परिणाम आउने भन्दै आफ्नो एजेन्डा स्थापित गर्न लागि पर्ने बताए । ‘मलाई जति सांसदले मत दिनुभयो सबैलाई धन्यवाद । बाँकीको मन जित्ने प्रयत्न गर्छु । फेरि प्रतिस्पर्धा होला, नयाँ परिणामको अपेक्षासहित तयारी गर्छु,’ थापाले भने, ‘१३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेको थिएँ, त्यसले मलाई उत्साही बनाएको थियो । पहिला ५ सय मत पाएको थिएँ, पछि ३ हजार मत पाएर विजयी भएँ । आजको नतिजा अपेक्षाकृत थिएन, तर थाक्दिनँ, निराश हुन्न । थप लाग्छु । मेरो एजेन्डा अगाडि लैजान्छु ।’
पार्टी महाधिवेशनमा जस्तै संसदीय दलमा पनि आफूले जित्ने गरी कुनै समय आउने गगनले विश्वास गरे ।
बुधवार भएको मतदानमा देउवाले ६४ र गगनले २५ मत पाएका थिए ।
प्रतिक्रिया