काठमाडौं – नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले देशले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै चाहेको बताएका छन् । मंगलवार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका महतले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यक्ताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताए ।
कुनैपनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यक्ता रहेको भन्दै देशले खोजेको नेतृत्व काँग्रेसले प्रश्तुत गर्ने बताए ।
उनले अन्य दलहरुसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यक्ता भएकाले त्यो गुण, कला र अनुभव देउवासँग मात्रै रहेको बताए ।
प्रतिक्रिया