काठमाडौं – सरकारले ल्याएको अध्यादेश जारी गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । मंगलबार प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पस अगाडी विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
मुलुकी फैजदारी संहित–२०७४ लाई तत्काल संसोधन गर्नेगरी सरकारले अध्यादेश ल्याएर राष्ट्रपति कहाँ पेस गरेको छ । राष्ट्रपतिबाट सो अध्यादेश जारी भएको छैन । अध्यादेश जारी गर्न माग गरेर प्रदर्शन गर्ने १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
राष्ट्रपतिबाट अध्यादेश जारी भएमा संघर्षका कार्यक्रम फिर्ता लिने अनेरास्ववियु क्रान्तिकारीका उपत्यका क्षेत्रका इन्चार्ज अटल शर्माले जानकारी दिए ।
प्रतिक्रिया