देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ज्येष्ठ सदस्यमा जबरा सिफारिस, शपथग्रहण बुधबार हुने

देशान्तर

काठमाडौं – प्रतिनिधिसभामा निर्वाचित २७५ सांसदहरुमध्ये सवैभन्दा जेठो सांसदमा राप्रपाका पशुपति शमशेर जबरा सिफारिस भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उनैले अन्य सांसदहरुलाई पुस ७ गते शपथ गराउने भएका छन् ।

ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शमशेर जबराले भने राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुधबार १ बजे शपथ लिने छन् । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार नै पठाएको थियो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले ज्येष्ठ सदस्यको शपथग्रहण संक्षिप्त हुने र आमन्त्रित गर्नुपर्ने विशिष्टि व्यक्तित्वका बारेमा छलफलहरू भइरहेको जानकारी दिए ।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ गराएपछि अन्य सदस्यको शपथ गराउने तयारी सचिवालयले गर्ने छ ।