देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार परिवर्तनले चुनाव प्रभावित हुन नदिन कांग्रेस प्रतिवद्ध

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले सरकार परिवर्तनले दोश्रो चरणको स्थानीय चुनावमा कुनै प्रभाव नपार्ने भन्दै जेठ ३१ गते नै गर्न प्रतिवद्ध रहेको बताएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सरकार परिवर्तनका कारण चुनावमा प्रभाव पर्नेमा शंका व्यक्त हुँदै आएको थियो । सहमति अनुसार आगामी सरकारको नेतृत्व कांग्रेसले गर्दैछ ।

समसामयीक राजनीतिक अवस्थाबारे छलफल गर्न बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेस शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले पूर्वनिर्धारित मितिमै चुनाव गराउने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । ्प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते चुनाव हुँदैछ । बैठकमा चुनावका उम्मेदवार चयनबारे पनि छलफल भएको थियो ।

उम्मेदवार छान्न शुक्रबार बिहान पुनः बैठक बस्ने नेता केसीले जानकारी दिए । जेठ १२ गतेभित्रै उम्मेदवार सिफारिस गरेर सम्बन्धित निकायमा पठाउन कांग्रेसले निर्देशन दिएको छ । कांग्रेस नेता केसीका अनुसार बैठकमा आगामी सरकार गठनबारे भने छलफल भएको थिएन ।