काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेता सहमतिमै चयन गर्ने तयारी गरेको छ । पार्टीले संसदीय दलको नेतासहित प्रमुख सचेतक र सचेतक केही दिनभित्रै चयन गर्ने प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राजेन्द्र लिङ्देनको अध्यक्षतामा रहेको राप्रपाले मंसिर ४ को निर्वाचनबाट प्रत्यक्षमा सात सिट जितेको थियो । यस्तै, समानुपातिकतर्फबाट सात सिट जितेको छ । राप्रपा १४ सिटसहित संसद्को पाँचौ दल बनेको छ । प्रवक्ता श्रेष्ठले नेतृत्व चयनका लागि अहिले पार्टी छलफलमै रहेको बताए ।
संसदीय दलको नेता राजेन्द्र लिङ्देनलाई बनाउने तयारी राप्रपाले गरेको छ ।
प्रतिक्रिया